stcnepal long ad
global ime bank long

कालिका लघुवित्तको शाखा प्रमुखस्तरीय गोष्ठी सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण शाखाहरुको शाखा प्रमुखस्तरीय दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको जनाएको छ।

गत मंसिर २५ र २६ गते पोखराको लेकसाइडस्थित होटेल स्नोल्यान्डमा सञ्चालित गोष्ठीमा ९१ शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधिहरुको उपस्थिति थियो।

गोष्ठीको उदघाटनसत्रको अध्यक्षता प्रबन्ध सञ्चालक केशवनारायण प्रधानले गरेका थिए भने प्रमुख अतिथिका रुपमा उपस्थित संस्थाका सञ्चालक चन्द्रबहादुर क्षेत्रीले कार्यक्रमको उदघाटन गर्दै गोष्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए। गोष्ठीमा सञ्चालक विश्वराज नेपालको पनि उपस्थिति थियो।

गोष्ठीमा शाखाहरुमा देखिएका समस्या, लक्ष्य हासिलका लागि अपनाइने आगामी योजना र समस्या समाधानका उपायका बारेमा विस्तृत छलफल भई संस्थाको नीतिनियमको परिधिमा रही कारोबार सञ्चालनका लागि प्रबन्ध सञ्चालक केशवनारायण प्रधानले निर्देशन दिएका थिए।

कार्यक्रमको अन्तमा विभिन्न विधामा उत्कृष्ठ भएका शाखाहरुलाई सञ्चालक विश्व नेपाल, प्रबन्ध सञ्चालक केशवनारायण प्रधान लगायतले सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए।
उदघाटनसत्रको सञ्चालन वरिष्ठ प्रबन्धक फणिन्द्र पाण्डेले गरेका थिए। गोष्ठीको सहजीकरण अधिकृत यामप्रसाद अर्यालले गरेका थिए।

IME Lifesidebar
kumari