stcnepal long ad
global ime bank long

मिर्मिरेले स्वेडा लघुवित्तलाई एक्वायर गर्ने, दुवैले डाके विषेश साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । दुवै कम्पनीले गाभ्ने–गाभिने प्रस्ताव पारित गर्न चैत १७ गते विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले आ–आफ्नै केन्द्रीय कार्यालयमा दिउँसो १ः३० बजे साधारण सभा बोलाएका छन् । दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वयारपछि कायम पुँजीका आधारमा हकप्रद सेयर जारी गर्ने लगायतका एजेन्डा राखिएका छन् ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । प्राप्तिपछि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्तिपछि केन्द्रीय कार्यालय बनेपामा रहनेछ । विषेश साधारण सभा प्रयोजनका लागि मिर्मिरेले चैत ७ देखि चैत १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

IME Lifesidebar
kumari