Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सेयरधनीको डिम्याट खातामा मिर्मिरे लघुवित्तको बोनस सेयर जम्मा

civilbank long ad

काठमाडौं । मिर्मिरे लघुवित्तले ९.१९ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरि दिएको छ । कम्पनीले गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

मिर्मिरेको चैत १८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९.१९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


२४ असार २०७८, बिहीवार १२:३२ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad