stcnepal long ad
global ime bank long

निर्धन उत्थान लघुवित्तले एक लाख ८ हजार कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको एक लाख ८ हजार ५४२ कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । संस्थाले न्युनतम प्रतिकित्ता ५५० रुपैयाँ निर्धाण गरेको छ । इच्छुक लगानीकर्ताले न्युनतम ५५० रुपैयाँदेखि बोलकबोल गर्न सक्ने छन् ।

योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत १८ गतेदेखि बैशाख २१ गतेसम्म बोलकबोलका लागि आवदेन दिन सक्ने छन् । संस्थाको बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुलाई बढि प्राथमिकता दिने जनाएको छ ।

नियम अनुसार लिलामको सूचना प्रकाशित गरि ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ । आवेदकले एनआईविएल एस क्यापिटल लाजिम्पाटमा गएर आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य राखि गोप्य शिलबन्दी निवेदन पेश गर्नु पर्ने छ ।

IME Lifesidebar
kumari