stcnepal long ad
global ime bank long

पल्सर १५० अब चार नयाँ कलरमा आउने, ड्युअल टोन इफेक्टले धेरैको मन लोभ्याउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बजाजले चाँडै नै पल्सर १५० बाइकलाई चार नयाँ कलरका साथ बजारमा उतार्ने तयारी गरिरहेको छ । नयाँ कलरका साथ पल्सर १५० मा केही कस्मेटिक परिवर्तनहरू पनि गरिएको छ, जसले यस मोटरसाइकलको समग्र रूप पहिलेको भन्दा धेरै राम्रो बनाउँछ ।

नयाँ बाइकको वारेमा हालै एक भिडियो युट्युबमा सार्वजनिक भएको छ । अब पल्सर १५० मा रातो, सेतो, निलो र कालो जस्ता कलरहरू समावेश गरिएको छ । जेट व्हील्स भनिने युट्यूब च्यानलले सो नयाँ बाइकको भिडियो जारी गरेको छ, जुन बाइकलाई नयाँ रंगमा देखाइएको छ। सो बाइकको सेतो रंग एकदम आकर्षक देखिन्छ, जसले यसले विशेष स्पोर्टी लुक दिन्छ। मिडिया रिपोर्टका अनुसार यी मोटरसाइकलहरू भारतीय डिलरशिपमा आइपुग्न थालेका छन्।

नयाँ चार कलरमा ड्युअल टोन इफेक्ट दिइएको छ । सेतो र कालो कलरको विकल्पमा रातो र कालो ग्राफिक्स इन्धन ट्यांकी, बेली पेन, रियर काउल र हेडलाइट काउलमा रेड र ब्ल्याक ग्राफिक्स उपलब्ध हुनेछ । त्यसैगरी ब्लु र रेड कलरको विकल्पमा ह्वाइट र ब्ल्याक ग्राफिक्स उपलब्ध हुनेछ ।

नयाँ अपडेटेड बाइकमा नयाँ पेन्ट स्किमको अतिरिक्त बाइकको साइड प्यानल र मडगार्डमा एक म्याट फिनिस र फिचर फक्स कार्बन फाइबरको प्रयोग गरिने छ । यस बाहेक बाइकको इन्जिन, अलोय ह्विल्स र एक्जस्टलाई पूर्ण कालो रंग दिइएको छ, जसले बाइक एकदम स्पोर्टी देखिन्छ। यद्यपि यो नयाँ कलर पल्सर १५० को ट्विन डिस्क भेरिएन्टमा मात्र उपलब्ध हुनेछ ।

पल्सर १५० मा उही १४९।५ सीसी, फोर स्ट्राृेक, टु भल्व, ट्विन स्पार्क, एयरकुल्ड, डीटीएसआईका साथ एफआई इन्जिन उपलब्ध हुनेछ । इन्जिनले १४ पीएसको पावर र १३.४ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ५–स्पिड गियर बक्सका साथ उपलब्ध हुन्छ ।

हाल उपलब्ध मोडल भन्दा नयाँ कलर स्किमको मोडलमा केही मूल्य बढ्न सक्छ । यद्यपि यो बाइक कहिले लन्च हुन्छ र मूल्य कति पर्छ भन्ने कुरा अहिले नै सार्वजनिक भएको छैन । नेपाल अटो

IME Lifesidebar
kumari