राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम मनोनित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको छ ।
गत सोमबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डा. युवराज खतिवडाको कार्यकाल गत भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालको चुनावमा बर्दियाबाट पराजित हुनुभएका वामदेव गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।























