अवैध लागु औषध अफिमको कारोवार गर्ने व्यक्तिहरु पक्राउ
काठमाडौं । अवैध लागु औषध अफिमको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा जि।जाजरकोट त्रिवेणी न.पा. वडा नं. ९ स्थायी घर भई हाल तारकेश्वर न.पा वडा नं. ४ बस्ने बर्ष २२ को दिलीप विश्वकर्मा र जि. दोलखा भिमेश्वर न.पा–६ स्थायी घर भई हाल तारकेश्वर न.पा. वडा नं. ४ बस्ने वर्ष–१८ को प्रमिला राउतले बिक्री वितरण गर्ने उद्देश्यले तारकेश्वर न.पा. वडा नं. ४ शेषमति सानोपुल नजिक शंकास्पद रुपमा पछाडी भिर्ने कालो झोला बोकी हिंडिरहेको अवस्थामा फेला पारी निज दिलीप विश्वकर्माले बोकेको सो कालो झोला खानतलासी गर्दा झोला भित्र ६ केजी ५०० ग्राम लागु औषध अफिम जस्तो देखिने खैरो पदार्थ सहित महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको ।























