stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समता लघुवित्तको २६.३२% लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको  सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०५ बोनस र ६.३२% नगद गरी कुल २६.३२% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने समताले जनाएको छ । अघिल्लो वर्ष समताले ५५ बोनस सेयर र ५.५३% नगद लाभांश दिएको थियो । हाल समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ छ ।

अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी २२ करोड ९३ लाख ३९ हजार ३६० रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari