आज आइतबार सुनको भाउ घट्यो
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा झरेको छ ।
























