stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नयाँ नेपाल लघुवित्तले १ करोड ६५ लाख रुपैयाँ नाफा गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा २८.५७% ले धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले १ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि ७४.२८% ले बढोत्तरी गरेर ६ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले ३ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन नाफा पनि १ करोड ३४ लाख रुपैयाँबाट बढाएर २ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार हुँदा खुद नाफा वृद्धि हुन सहज भएको हो । असारसम्म २१ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

हाल यसको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३ करोड ८२ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने १.१२% बाट बढेर २.०६% पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९५ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari