stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

महुली लघुवित्त वित्तीयको संस्था बाह्रौं वार्षिक साधारणसभा फागुन २३ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा फागुन २३ गते बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ।

त्यसैगरी एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari