citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनआइसी एसिया लघुवित्तको नाफा बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  एनआइसी एसिया लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ ।  यसअवधिमा यसको खुद नाफा २८१.०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७  लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।

खुद ब्याज आम्दानी घट्दा पनि यसको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा यसको खुद नाफा बढेको हो । यसअवधिमा ५ करोड ८९ लाख ३९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ ।

तथापि, यस अवधिसम्म आइपुग्दा यसको खराब कर्जा १३.३७ प्रतिशत छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ ।

 

gold
himalayan life insurance long ad
kumari bank