citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आरएसडिसी वित्तीय संस्थाको नाफा घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको  चालु आर्थिक  वर्षको दोस्रो  त्रैमासको अपरिष्कृत  वित्तिय  विवरण  अनुसार खुद नाफा घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ। त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेको छ।

संस्थाको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि घटेको छ। संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ।

सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१।६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ।

९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

gold
himalayan life insurance long ad