stcnepal long ad
ime life insurance
global ime bank long

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता शेयर बिक्रीमा राखेको छ। सस्थाले यसअघि नै यो शेयर खरिदका लागि संस्थापकलाई समय दिइसकेकाले अब संस्थापक बाहेकका सर्वसाधारण व्यक्ति वा संघसंस्थाले मात्रै किन्न पाउनेछन्।

शेयर किन्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ। बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari