citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

अटो एक्स्पो २०२५ : किया ईभी ६ फेसलिफ्ट एसयूभी सार्वजनिक

रेन्ज ६५० किमि दाबी

kumari bank
Prabhu Insurance Long Ad
global bank

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी ६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो दुई भेरिएन्ट रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभमा उपलब्ध हुनेछ ।

ईभी ६ मा ठुलो ८४ किलोवाट ब्याट्री प्याक उपलब्ध छ । सो एसयूभी फुल चार्जमा ६५० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ ।

सो एसयूभी ३५० किलोवाटको फास्ट चार्जरबाट मात्र १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कियाले यसको बुकिङ सुरु गरिसकेको छ।

यसको लम्बाइ, चौडाइ र उचाइमा कुनै परिवर्तन भएको छैन । साथै यसको ह्विलबेस पनि पहिले जस्तै छ। यद्यपि यसको एलईडी डेटाइम रनिङ ल्याम्पलाई त्रिकोणीय ल्याम्पमा प्रतिस्थापन गरिएको छ र तल्लो ग्रिल सहित बम्परमा साना परिवर्तनले यसलाई थप आकर्षक बनाएको छ । यसको टेल लाइट र रियर बम्परमा पनि साना परिवर्तन गरिएको छ ।

कारलाई स्टार्ट गर्ने फिंगरप्रिन्ट सेन्सर थपिएको छ । ईभी ६मा हेड अप डिस्प्ले र डिजिटल रियर भ्यू मिररको साथमा उपलब्ध छ ।

साथै एआई आधारित नेभिगेसन समर्थन पनि उपलब्ध छ। कियाले कर्भ प्यानोरामिक स्क्रिन यथावत राखेको छ, जसमा इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टका लागि १२.३ इन्चको दुईवटा डिस्प्ले प्रदान गरेको छ ।

यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जर, डिजिटल कि, भेइकल–टु–लोड क्षमता र ओभर–एयर सफ्टवेयर अपडेट गरिएको छ ।

ईभी६ ले ५ स्टार यूरो एनक्याप रेटिङ प्राप्त गरेको छ । यद्यपि यसले प्रि(फेसलिफ्ट थियो जुन २०२२ मा क्र्यास परीक्षण गरिएको थियो । यसमा एड्भान्स ड्राइभ असिस्टेन्स सिस्टम, रिभर्सिङ क्यामेरा सिस्टम र फ्रन्ट र रियर पार्किङ सेन्सर पनि उपलब्ध छ ।

gold
himalayan life insurance long ad