stcnepal long ad

महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड

नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज पुस १९ गते एफपीओ बाँडफाँड भएको हो।

सो एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा मार्फत एफपीओ बाँडफाँड गरिएको छ। जसअनुसार ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

तिनैमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् । १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।

एफपीओको नतिजा बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट : https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट : https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।