sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको प्रि–बुकिङ खुला गरेको छ । कम्पनीले भारतको मुम्बई, बेंगलुरु, हैदरावाद, पुणे र दिल्लीमा बुकिङ लिन थालेको हो । होन्डाका अनुसार ग्राहकले १ हजार भारु टोकन रकम तिरेर ई–स्कुटर बुक गर्न सक्नेछन् ।

ती दुबै स्कुटरलाई होन्डाले गत वर्ष नोभेम्बरमा सार्वजनिक गरेको थियो । यी भारतीय बजारका लागि होन्डाको पहिलो विद्युतीय स्कुटर हुन् ।

एक्टिभा ईः मा १।५ किलोवाट आवरको स्वापेबल ब्याट्री प्याक तथा ६ किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसको पिक टर्क २२ एनएम छ भने एकपटकको फुल चार्जमा १०२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसैगरी, अर्को मोडल क्यूसी१ मा १।५ किलोवाट आवरको फिक्स्ड ब्याट्री प्याक राखिएको छ । यसले १.८ किलोवाट पावर र ७७ एनएम को पीक आउटपुटका साथ इन–व्हील इलेक्ट्रिक मोटरलाई शक्ति दिन्छ ।

साथै यसमा स्ट्यान्डर्ड र इकोन गरी दुईवटा राइडिङ मोड छ भने यसलाई ५० किलोमिटर प्रति घण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यी दुबै स्कुटरको मूल्य यसै महिनाको अन्त्यमा घोषणा गर्ने र डेलिभरी फेब्रुअरीमा सुरु गर्ने होन्डाको तयारी छ ।

gold
prabhu bank
nawakantipur long