citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा आज 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज पुस १० गते बस्दैछ।

यस लघुवित्तले गत आर्थिक वर्ष (आर्थिक वर्ष) को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरिसकेको छ।

साधारण सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ।

gold
himalayan life insurance long ad