citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा आवेदन दिनेको ओइरो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात पुष ५ गते साँझसम्ममा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यसमा ३ लाख ३६ हजार १२४ जना आवेदकहरुले ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १०.४९ गुणा बढी हो ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।

यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

gold
himalayan life insurance long ad