stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

उपकार लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा पुस २४ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २४ गते बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

लघुवित्त कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

त्यसैगरी अन्य लघुवित्त संस्थासँग मर्जर र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएको छन्।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभाबाँकेको कोहलपुरस्थित होटल सेन्टर प्लाजामा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

prabhu mahalaxmi
kumari