stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल हाइड्रो डेभलोपरको साधारणसभा पुस २५ गते 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै बोनस शेयर निष्कासन प्रयोजनका लागि कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा सोहीअनुरुप प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने एजेन्डा रहेको छ ।

साथै, साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अतः पुस ७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

कम्पनीले पुस २५ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारणसभा आह्वान गरेको हो ।

prabhu mahalaxmi
kumari