evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेप्सेमा सूचीकृत २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर १३ गते बिहीबार अन्तिम दिन हो ।

सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले लाभांश वितरणको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले यी २ कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।

सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ । साधारण सभा, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा बिहान ११ बजे सरु हुनेछ ।

फरवार्ड लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा, चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

igi long
himalayan life insurance long ad