समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ नेपाल स्टक एक्सेचन्जमा कारोबारका लागि सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि किनबेच गर्न सकिनेछ । लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।