मानुषी लघुवित्त ५६ लाख १६ हजार रुपैयाँ नोक्सानमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मानुषी लघुवित्त ५६ लाख १६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसैअवधिमा पनि कम्पनी १ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
असोजसम्म आईपुग्दा कम्पनी ५६ लाख १६ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष कम्पनी १ करोड १४ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ६७.६९ प्रतिशतले बढेर २ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।
हाल यस लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ७.३४ प्रतिशतबाट घटेर ५.१३ प्रतिशतमा झरेको छ ।
यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५४ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८४ पैसा छ ।