समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आज (कात्तिक १२) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४।२५ कित्ता शेयर जारी गरेको हो ।
साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०।५२ प्रतिशत कायम गर्नुपर्ने भएकाले एफपीओ जारी गरेको हो ।
एफपीओमा लगानीकर्ताले आजदेखि कात्तिक २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिने लघुवित्तले जनाएको छ ।
लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् ।
हाल ५६ करोड ४० लाख रुपियाँ रहेको लघुवित्तको चुक्ता पुँजी एफपीओ निष्काशनपश्चात् ५९ करोड ९० लाख रुपियाँ पुग्नेछ ।