stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जीवन विकास लघुवित्तको ३.३४ लाख कित्ता शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको नाममा कुल ३ लाख ३४ हजार ५०० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यो शेयर संस्थापक शेयरधनी, जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ६०० रुपियाँ तोकिएको उक्त शेयर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिद गर्दा न्यूनतम २५० कित्ताका लागि आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ । इच्छुक खरिदकर्ताले आज (कात्तिक ४) देखि १४ गतेसम्म लघुवित्तको केन्द्रीय कार्यालय कटारी, मोरङ वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

गोप्य शिलबन्दी कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालमा खोलिनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari