उन्नति लघुवित्तको हितग्राही खातामा बोनस शेयर
काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८ दशमलव ६० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुकोे हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट गत पुस २९ गते पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले उक्त बोनस शेयर असार २३ गतेनै नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत गराईसकेको छ । हितग्राही खातामा जम्मा भएपश्चात अब भने उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको हो ।
उन्नती लघुवित्तले र सहकार्य लघुवित्त एक आपसमा गाभिएर असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।



























