stcnepal long ad
national life

प्राइम लाइफको बोनस पारित गर्न आज एजीएम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको साधारण सभा आज सोमबार असार २९ गते अग्रवाल भवन कमलपोखरीमा दिउँसो  बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १२.५५ बोनस सेयर र कर तिर्न नगद वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ,।

कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो ।

बोनस वितरण पछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । सभा प्रयोजनका लागि प्राइमले असार १९ गते बुक क्लोज गरीसकेको छ ।

असार १८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । भिडियो कन्फरेन्स मार्फत पनि सभामा सहभागी हुन सकिनेछ ।

gold
kumari bank
kumari
nawakantipur long