आज साधना लघुवित्तको आईपीओ बाँडफाँट हुने
काठमाडौं । साधना लघुवित्तको आईपीओ सोमवार आज बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ हिजो प्रि–अलोटमेण्ट गरिएको थियो ।
साझ ५ बजे आईपीओ बाँडफाँटको तयारी गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँट कार्यक्रम तय भएको छ ।
साधना लघुवित्तले असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गरेको हो ।
जस मध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
यो आईपीओमा ४ लाख ५८ हजार ६४३ जना लगानीकर्ताहरुले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमध्य १० हजार ३१ हजार जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकको भनाई छ । गोलाप्रथाद्धारा बाँडफाँट हुने यस कम्पनीको आईपीओ ३ लाख ९२ हजार ४९१ जनाले भने पाउनेछैनन् । ६६ हजार १५२ जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् ।
साधना लघुवित्तको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल १४ करोड ७७ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी २१ करोड ७७ लाख पुग्नेछ ।


























