citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

महुली लघुवित्तको ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रा.लि. को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण सहित आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long