हिमालयन लघुवित्तको नाफामा ७३% प्रतिशत वृद्धि
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७३.८७ प्रतिशतले बढेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ६५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षमा बढेर एक करोड १३ लाख ९७ हजार रुपैयाँ पुगको हो ।
गत आर्थिक वर्षमा कम्पनीको कुल संचालन आम्दानी २० करोड ३४ लाख रुपैयाँ रहेकोमा चालु आवमा ०.४६ प्रतिशतले घटेर २० करोड २४ लाख रुपैयाँ आम्दानी भएको छ ।
कम्पनीले तेस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ४.४६ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ ।
गत आवको तेस्रो त्रैमाससम्म ९३ लाख ६४ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको यस कम्पनीको चालु आवको सोही अवधिमा ७३।७२ प्रतिशतले बढेर एक करोड ६२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ कर्मचारीमा खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ कर्मचारीमा खर्चिएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४।९१ प्रतिशतबाट घटेर ४।६१ प्रतिशतमा झरेको छ । कम्पनीको इम्पेरमेन्ट चार्ज २ करोड २९ लाख रुपैयाँबाट घटेर १७ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसाबाट बढेर चार रुपैयाँ ७५ पैसा पुगेको छ । उक्त अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५२।५८ गुणा र प्रतिशेयर नेटवर्थ १२६।४६ गुणा रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६२ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले निक्षेप संकलन ९२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने चार अर्ब ९ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम चार करोड ५५ लाख रुपैयाँ र रिटेन्ट अर्निङमा ६२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कम्नपीको रिजर्भको आकार ९२ करोड ४७ लाख रुपैयाँबाट बढेर ९८ करोड ७० लाख रुपैयाँ पुगको छ ।