थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा
हकप्रद सेयर जारी गर्ने,
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ ।
तर कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् । साधारण सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहनस् ११ बजेदेखि सुरु हुनेछ ।