stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सपोर्ट लघुवित्तको चैत १७ गते नवौं वार्षिक साधारण सभा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सपोर्ट लघुवित्तको चैत १७ गते नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो । यसर्थ, पुनः दोस्रोपटक सभा बोलाइएको हो ।

साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari