stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले तोकिएको मितिमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालय वा काठमाडौंको ठमेलस्थित संस्थाको शेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

IME Lifesidebar
kumari