stcnepal long ad
ime life insurance
national life
global ime bank long

कालिका लघुवित्तको फागुन २४ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । लघुवित्त कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभाले संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गरिसकेको छ । फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

उक्त वार्षिक साधारण सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, पोखरा महानगरपालिका–१०, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari