citizens life insurance long ad
stcnepal long ad

सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार मंसिर २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश (बोनस र नगद) वितरण नगर्ने निर्णय गरेको हो।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने पनि जनाएको छ।

राष्ट्र बैंकबाट स्वीकृति भएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने निर्णय संस्थाले गरेको छ।

IME Life
kumari