stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले साढे १४ अर्ब माग्दा बैंकले दिए साढे ५१ अर्बको आवेदन, ट्रेजरीको ब्याजदर करिब ५%

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल मार्फत साढे १४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन खोज्द बैंकहरुले करिब साढे ५१ अर्ब रुपैयाँको आवेदन दिएको छ।

राष्ट्र बैंकले सोमबार १४ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो। यो बोलकबोलमा बैंकहरुले ५१ अर्ब ४२ करोड रुपैयाँको आवेदन पेस गरेका हुन्।

राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिको क्रमशः ८ अर्ब ५० करोड रुपैयाँ, ४ अर्ब रुपैयाँ र २ अर्ब रुपैयाँको ट्रेजरी बिल मंगलबार जारी गरेको छ।

हिजो भएको बोलकबोलमा ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलमा १९ वटा बैंक तथा वित्तीय संस्थाले ९० वटा बोली मार्फत २४ अर्ब २३ करोड रुपैयाँ, ४ अर्ब रुपैयाँको ट्रेजरीमा २० वटा बैंक तथा वित्तीय संस्थाले १०१ वटा बोलीमार्फत ३१ अर्ब १४ करोड रुपैयाँ र २ अर्ब रुपैयाँको ट्रेजरीमा १५ वटा बैंक तथा वित्तीय संस्थाले ५९ वटा बोली मार्फत १२ अर्ब ५५ करोड रुपैयाँको आवेदन पेस गरेका हुन्।

यी ट्रेजरी बिलको बोलकबोल मार्फत न्यूनतम ३.९९ प्रतिशत र अधिकतम ४.९ प्रतिशत ब्याजदर निर्धारण भएको छ। औसतमा भने ४।७१ प्रतिशत ब्याजदर कायम भएको छ।

IME Lifesidebar
kumari