ग्रामीण विकास लघुवित्तको मंसिर ३० गते वार्षिक साधारण सभा
सेयरधनीको यसपटक पनि हात खाली

काठमाडौं । ग्रामीण विकास लघुवित्तले मंसिर ३० गते वार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभा यस संस्थाको प्रधान कार्यालय, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा भौतिक तथा भर्चुअल माध्यबाट पनि सहभागिता जनाउन सकिनेछ ।
संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश प्रस्ताव गरेको छैन । अर्थात, यो वर्ष पनि सेयरधनीको हात खाली हुन भएको छ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
साथै, अन्य उपयुक्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित वित्तीय विवरण उपर छलफल हुनेछ ।