macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे ।

रातको  करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ ।

मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । चित्लाङ आसपासको केन्द्रबिन्दू भएर गएको यो भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस गराएको हो ।

himalayan life insurance
igi long
NTA long ad