गणपति लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गणपति लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
यसअवधिमा खुद नाफा ५८.२० % ले घटेर २८ लाख ८१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २०.२३ % ले घटेर २ करोड ८४ लाख २४ हजार रुपैयाँमा आएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
सञ्चालन नाफा ५८.२१% ले घटेर ४१ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।यता, खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ ।