stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गणपति लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गणपति लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

यसअवधिमा खुद नाफा ५८.२० % ले घटेर २८ लाख ८१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २०.२३ % ले घटेर २ करोड ८४ लाख २४ हजार रुपैयाँमा आएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
सञ्चालन नाफा ५८.२१% ले घटेर ४१ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।यता, खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari