macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआईसी एशिया लघुवित्तको लाभांश प्रस्ताव

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआईसी एशिया लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने भएको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

 

२ कात्तिक २०८०, बिहीवार ०५:४७ बजे प्रकाशित

NTA long ad