macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ११२.१३ गुणा बढी हो ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज असोज ३० गते मंगलबार मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ११२.१३ गुणा बढी हो । यस लघुवित्तले असोज २५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो ।

यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

३० असोज २०८०, मंगलवार ०७:३५ बजे प्रकाशित

NTA long ad