sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सेल्सबेरीले सञ्चालनमा ल्यायो ‘इकमर्स’, होमडेलिभरी नि:शुल्क

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्नै अनलाइन सपिङ्ग सेन्टर ‘इकमर्स’ सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिलमान प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टर ‘इकमर्स’ लञ्च गरेका हुन् ।

यससँगै सेल्सबेरीले भौतिक सेवासँगै अनलाइन डेलिभरीको पनि सेवा प्रदान गर्ने भएको छ । अनलाइन सपिङ्ग सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने सीईओ प्राधानाङ्गले जानकारी दिए ।

प्राधानाङ्गका अनुसार अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरिएको छ । काठमाडौंको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्गाबाट होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए ।

होमडेलिभरीबाट सेवा उपभोग गर्दा ग्राहकहरुले फोन पे, इसेवा, कार्ड पेमेन्ट, क्यास एण्ड डेलिभरीबाट भुक्तानी गर्न सक्ने उनको भनाइ छ ।

‘इकमर्स लञ्चको अवसरमा निशुल्क डेलिभरीको सुविधा रहेको छ, रिफर एण्ड फण्ड अन्तर्गत सेल्सबेरी लग इन गरी रिफर कोड प्राप्त गरी क्वाइन संकलन गर्न सकिनेछ, ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्नेलाई विशेष छुटको पनि व्यवस्था रहेको छ,’ उनले भने ।

सेल्सबेरी सन् १९९३ मा सानो एउटा स्टोरबाट सुरु भएको हो । पोखरामा सफलता प्राप्त गरेपछि सन् २००४ मा काठमाडौं प्रवेश गरेको थियो ।

कोरोना महामारीपछि अनलाइनको माग बढेपछि सेल्सबेरीले पनि अनलाईनबाटै सेवा प्रवाह सुरु गरेको उनको भनाइ छ ।

‘अनलाइनभन्दा पनि भौतिक व्यवसाय गर्न व्यवसाय सुरु भएको हो तर, कोरोना महामारी पछि अनलाइन मै जानू पर्ने बाध्यता आएको छ, अनलाइनमाध्यमबाट ग्राहकलाई सर्वसुलभ मूल्यमा उत्कृष्ट सेवा उपलब्ध गराउन सेल्सबेरी प्रयासरत रहनेछ,’ उनले भने ।

५ सय भन्दा बढी कर्मचारीहरू कार्यरत रहेको सो कम्पनी पोखरामा सेलवेज डिपार्टमेन्टको रूपमा सुरु भएको थियो ।

२५ लाख रुपैयाँ लगानी र ५ जना कर्मचारीबाट आफ्नो व्यवसाय यात्रा सुरु गरेको यस कम्पनीले व्यवसायीक सफलता बढाउँदै लगेको छ ।

gold
prabhu bank
nawakantipur long