सुनको मूल्य तोलामा चार सयले बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५४ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।





























