बजारमा आज आइतबार सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलमा ३ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार रुपैयाँमा कारोबार भएको थियो।
























