आज बिहिबार सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५३ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
























