stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरिज अन्तर्गत रेड्मी नोट १५ प्रों फाइभजी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४ जी गरी चारवटा मोडेल उपलब्ध गराइएको छ, जसले विभिन्न स्तरका प्रयोगकर्ताका आवश्यकतालाई लक्षित गर्छ।

शाओमीका अनुसार यो सिरिज ‘रेड्मी टाइटन’ अवधारणामा आधारित छ, जसले मजबुती, लामो समय टिक्ने ब्याट्री र उच्च स्तरको प्रविधिलाई एकै ठाउँमा समेटेको छ।

सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रों+ ५जी मा ६,५०० एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १० प्रतिशत SiC सामग्री समावेश छ। यसमा १०० बाट हाइपरचार्ज प्रविधि दिइएको छ, जसले करिब ४० मिनेटमै फोन पूर्ण चार्ज गर्न सक्ने कम्पनीको दाबी छ। साथै, २२.५ बाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ।

शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर यो ब्याट्रीले १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्ने बताइएको छ, जुन करिब छ वर्षको सामान्य प्रयोग बराबर हो।

मजबुतीका हिसाबले यो डिभाइसले IP66, IP68, IP69 र IP69K प्रमाणीकरण प्राप्त गरेको छ। कोर्निंग गोरिल्ला ग्लास विक्टस २, फाइबरग्लास–कम्पोजिट संरचना र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप–रेसिस्टेन्स क्षमताले यसलाई थप टिकाउ बनाएको छ।

स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसरमा चल्ने यस फोनमा शाओमी हाइपरएआई, शाओमी सर्ज T1S ट्युनर तथा नेटवर्क नहुँदा पनि किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा उपलब्ध छ।

फोटोग्राफीका लागि रेड्मी नोट १५ प्रो + ५जी मा २०० मेगापिक्सेल प्राइमरी क्यामेरा दिइएको छ, जसमा २x र ४x अप्टिकल–लेभल इन–सेन्सर जुम र ओआईएस सपोर्ट छ। उन्नत एआई प्रशोधन र एचडीआर प्रविधिले विभिन्न प्रकाश अवस्थामासमेत स्पष्ट र प्राकृतिक तस्बिर खिच्न सहयोग गर्छ। साथै, ६.८३ इन्चको १.५K एमोलेड डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ भने डुअल स्पिकरहरूले उच्च भोल्युम बूस्टसहित इमर्सिभ मल्टिमिडिया अनुभव प्रदान गर्छन्।

रेड्मी नोट १५ प्रो ५जी मा पनि २०० मेगापिक्सेल क्यामेरा सिस्टम र समान स्तरको आईपी सुरक्षा दिइएको छ, तर यसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ। ६,५८० एमएएच सिलिकन–कार्बन ब्याट्रीले ४५ वाट चार्जिङ सपोर्ट गर्छ।

त्यस्तै, रेड्मी नोट १५ फाइभजी रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो फोन हो, जसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ६ जेन ३ चिपसेट र उच्च ब्राइटनेस भएको एमोलेड डिस्प्ले उपलब्ध छ।

रेड्मी नोट १५ ४जी मोडेलमा ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेटसहितको एमोलेड डिस्प्ले र मिडियाटेक हेलियो जी १०० अल्ट्रा प्रोसेसर समावेश गरिएको छ। सबै मोडेलहरूले गुगल जेमिनी, सर्कल टु सर्च र शाओमी हाइपरओएस समर्थन गर्छन्।

रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि. को डिलर नेटवर्कमार्फत उपलब्ध छ। मूल्य रु २९,९९९ देखि रु ६६,९९९ सम्म तोकिएको छ।

लन्च अवसरमा शाओमीले सीमित अवधिका लागि विशेष प्रवर्द्धनात्मक अफर, शाओमी बड्समा छुटसहित बन्डल अफर र ९ महिना ० प्रतिशत ईएमआई सुविधा पनि उपलब्ध गराएको छ।

prabhu mahalaxmi
kumari