stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

जेरोनाका पाँच नयाँ उत्पादन बजारमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जेरोना वेलनेस प्रालिले आफ्ना नयाँ ५ उत्पादन बजारमा ल्याएको छ । सौन्दर्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले थप नयाँ ५ उत्पादन बजारमा ल्याएको हो ।

गत जेठमा विभिन्न १० प्रकारका उत्पादनमार्फत नेपाली बजारमा प्रवेश गरेको जेरोनाले अहिले नयाँ ५ उत्पादन पनि बजारमा ल्याएको हो । जसमा हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोस्चराइजर र राइस वाटर सेरम रहेका छन् ।

कम्पनीका अनुसार हाइड्रा टोनर फेसवास गरेपछि मुहारमा लगाउने उत्पादन हो । यस्तै, एक्सफोली फेसवासले पिम्पल कन्ट्रोल गर्नेछ अर्थात् अनुहारका खटिरा तथा दाग मेटाउनेछ ।

यस्तै, सनसेड टिन्टेडमा सनब्ल्क र फाउण्डेशन मिक्स छ । यो लगाएपछि छुट्टै सनब्ल्क र फाउण्डेशन लगाउनु नपर्ने कम्पनीले जनाएको छ ।

यसैगरी, जेरोनाको मोइस्चराइजीङ क्रिम पनि नयाँ आएको छ । यसले स्किन लाइटिङमा मद्दत गर्नेछ । साथै, राइस वाटर सेरम पनि कम्पनीले बजारमा ल्याएको छ । अनुहारका स–साना खाल्डाखुल्डी छोप्नेदेखि यसले पनि स्किन लाइटिङमा मद्दत गर्नेछ ।

यी पाँचै उत्पादन कम्पनीले डिलरमा पठाउन सुरु गरिसकेको छ । यी उत्पादनहरु महिला र पुरुष दुबैले प्रयोग गर्न मिल्छ ।

जेरोना नेपाली कम्पनी हो, यो कम्पनीले भारतको गुजरातमा उच्च प्रविधिको प्रयोग गरि सौन्दर्य उत्पादन तयार पारेर नेपाल ल्याउँदै आएको छ।

कम्पनीले यसअघि सनसेड नामको सनस्क्रिन ६० ग्राममा, एचवाई सेरम नामको हायलोरोनिक सेरम ३० एमएलमा, हाइड्रा नामक मोइस्चराइजीङ लोसन १०० ग्राममा, वाश सी नामको भिटामिन सी फेस वाश ६० ग्राममा तथा ईभ ग्रुम नामको नाइट क्रिम ५० ग्राममा ल्याएको थियो ।

त्यस्तै सनशेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल ६० ग्राममा, सेरोमिन सी नामको भिटामिन सी फेस सेरम ३० एमएलमा, हाइड्रा सफ्ट नामको क्लिन्जर १०० एमएलमा, वाश ग्लो नामको ग्लोईङ फेसवास ६० ग्राममा, र ग्रुम नामको डे क्रिम ५० ग्राममा ल्याएको थियो । नयाँ उत्पादन पनि थप भएपछि कम्पनीले आफ्ना १५ उत्पादन बजारमा पठाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long