रियलमीको नोट ७० सार्वजनिक एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा
काठमाडौं । विश्वमै छिटो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी–ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ।
एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५Wको फास्ट चार्जिङ र ६W रिभर्स चार्जिङ सुविधा पनि भएकोले डाउनटाइम कम रहेको छ।
टिकाउपनका लागि नोट ७० मा मिलिटरी–ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबूत भएको कम्पनीले जानकारी दिएको छ। १.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ।
यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र IP५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेको छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ।
डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४mm को अल्ट्रा(स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ। ९०Hz को आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै स्मूथ भिजुअल अनुभव दिन्छ।

फोटोग्राफी प्रेमीका लागि १३ MP AI क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ। युनिसोक T७२५० अक्टा–कोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने, एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ।
मनोरञ्जनको लागि नोट ७० मा ३००५ अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ।
पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ। नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ—स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्याउँछ।
रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याक जस्तोआकर्षक रंगमा नेपालभर उपलब्ध छ। ४ जीबीं ६४जीबीको मूल्य रु १३,९९९ र ४जीबीं १२८ जीबी को मूल्य रु १४,९९९ रहेको छ। शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र स्मार्ट फीचरहरूको साथ, नोट ७० एंट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार छ।
























