साल्ट ट्रेडिङले ५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रायाे
काठमाडौँ । मुलुकमा मुख्य धान बाली लगाइरहेकाे बेलामा रासायनिक मलकाे अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा ल्याइ सकेकाे छ।
त्याे रासायनिक मल धमाधम नेपाल आउदैछ। अहिलेसम्म ५ लाख २३ हजार बाेरा रासायनिक मल नेपाल भित्राई कर्पोरेशनकाे गोदाममा पुरयाइसकेकाे र अन्य मल भारतकाे कलकत्ता बन्दरगाहबाट ल्याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले जनाएको छ ।
कर्पोरेशनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । याे रासायनिक मल विदेशबाट ढुवानी भएर केही नेपाल आइसक्याे,केही कलकत्ता बन्दरगाहाकाे गाेदाममा आइपुगेको छ,केही बाटाेमा पानी जहाजमा आउने क्रममा रहेकाे कर्पाेरेशन स्राेतले बताएकाे छ।
कर्पाेरेसनकाे गोदाममा आइरहेकाे उक्त मल आवश्यकता र माग अनुसार कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको छ र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको छ,प्रदेशकाे काेटा वितरण अनुसार जिल्ला हुँदै पालिकामा भदाै पहिलाे साताभित्र मल पुग्ने जानकारी कर्पोरेशनले दिएको छ ।
भदाै १५ सम्ममा देशभरिकै किसानले रासायनिक मल पाइसक्ने स्राेतकाे दाबी छ। कर्पाेरेशनले सरकारले अनुदानमा दिएकाे मल र अनुदान नदिएकाे मल दुबै बिक्री वितरण गर्दै आएकाे छ।
रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पोरेशनद्वारा साउन ३० गते जारी विज्ञप्तिमा “कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।”
भनिएकाे छ। हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्चालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेशनले विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण समेत भएको समेत जनाएको छ ।
रासायनिक मलकाे भदाै महिनादेखि नियमित आपूर्ति हुने हुँदा किसानलाई धानबाली,तरकारी, गहुँ,ताेरी र दाल बाली लगाउन मलकाे कुनै अभाव नहुने कर्पाेरेशन स्राेतले बताएकाे छ।
सरकारले अनुदान मल आयात गर्ने जिम्मेवारी क्षमता,स्राेत साधन नभएकाे कृषि सामाग्री संस्थानलाई नदिएर साल्ट ट्रेडिङ कर्पाेरेसनलाई दिने हाे भने समयमा अनुदान मल आइपुग्ने र किसानहरूले अन्न,बाली लगाउने समयमा मल पाउन सक्ने देखिन्छ।























